त्रिभुवन विश्वविद्यालयलाई अनेरास्ववियु पिएनको ज्ञापन पत्र

पाेखरा | भदौ १८, २०७९

त्रिभुवन विश्वविद्यालयलाई अनेरास्ववियु पिएनको ज्ञापन पत्र

 

 

पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले त्रिभुवन विश्वविद्यालयसमक्ष विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छ  ।

 

विद्यार्थीहरुको अध्ययनलाई नियमित, प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्ने मागसहित अनेरास्ववियुले क्याम्पसको ६३ औँ स्थापना दिवसको अवसरमा आएका त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाललाई सो ज्ञापनपत्र बुझाएको हो ।

 

अनेरास्ववियुले पिएनमा अध्ययनरत विद्यार्थीहरुको मागहरुलाई समेट्दै त्रिविका शिक्षाध्यक्षसँगको गहन छलफल पश्चात विज्ञप्ति पेस गरेको  अनेरास्ववियु  पिएनका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए  ।

 

‘क्याम्पसमा देखिएका समस्याहरु र विद्यार्थीहरुको मागलाई प्राथमिकताकोसाथ ज्ञापनपत्रमा उल्लेख गरेर बुझाएका हौं ।’ उनले भने ।

 

भुसाललाई पेश गरिएको सो ज्ञापनपत्रमा शिक्षा संकाय बिहानी र दिवा सिफ्टमा पठनपाठन गराउन, स्ववियु निर्वाचन गराउन, वार्षिक परिक्षाको रिजल्ट समयमै निकाल्न, बिबिएको प्रवेश परिक्षा हटाउन, छात्रवृत्तिको व्यवस्था गराउन, डिजिटल हाजिरीको व्यवस्था गराउन, आन्तरिक परिक्षाको व्यवस्था गराउन, क्याम्पसमै परिक्षा केन्द्र बनाउन, विमा रकम सहजरुपमा प्रयोग गर्न पाउन, क्याम्पस परिवर्तनमा सहजता प्रदान गर्न, क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउन र महंगो शुल्क घटाउन जस्ता १४ वटा मागहरु उल्लेख गरिएको छ ।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्